आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोह पक्राउ

आइतबार, ३१ भदौ २०८०, १८ : ५१
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । सुनजस्तो देखिने धातु देखाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ । काठमाडौँको बालाजु क्षेत्रमा  सुन जस्तो धातु देखाई ठगी भइरहेको विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई कागेश्वरी मनहरा बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा घर भई हाल भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भीमसेन बि.क.,

 काठमाडौँ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी घर भई हाल जोरपाटी बस्ने ३४ वर्षीय दिलीप कुमार चौधरी रहेका छन् ।

उनीहरूलाई शुक्रबार बालाजु एरियाबाट करिब १ केजी बराबर लेखिएको सुन जस्तो देखिने धातु सहित पक्राउ गरिएको थियो । उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप