आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत

आइतबार, ३१ भदौ २०८०, १९ : ३९
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।  

आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताए । उनले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताए । उनले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताए । 

मन्त्री महतले पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गरे । उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताए । त्यस्तै नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो नीति निर्माण गर्नुपर्ने उनले बताए । 

मन्त्री महतले सरकारले वित्त नीति तय गर्दा वित्त व्यवस्था र खर्च प्रणालीलाई प्रभावकारी बनाउनेगरी गर्नुपर्ने बताए ।

मन्त्री महतले सरकारले बजेटमा धेरै सुधारका प्रस्तावहरू पेश गरेको बताए । देशमा लगानीको वातावरण बढाउने र बजारमा पुँजी प्रवाह गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप