आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको संगठन बिस्तार अभियान सुरु

आइतबार, ३१ भदौ २०८०, २० : १०
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन बिस्तार अभियान आजदेखि सुरु भएको छ । 

आइतबार जनकपुरधाममा जसपा मधेस प्रदेश समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रमबाट अभियान सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशिता बनाउन आवश्यक रहेको बताए । त्यसका लागि निर्णायक भूमिकामा हुन आवश्यक रहेको उनले बताए ।  

निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । 

अध्यक्ष यादवले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको बताए । उनले सबै अधिकार केन्द्रीकृत गरेर संघीयता बलियो हुन नसक्ने बताए । 

अध्यक्ष यादवले जबसम्म राज्यको हरेक निकायमा समावेशिता हुँदैन तबसम्म मुलुकले समृद्धि पाउन नसक्ने दाबी गरे ।  मुलुकलाई समावेशी बनाउँदै संघीय लोकतन्त्र मजबुत बनाउनुपर्ने जिम्मेवारी आफूहरु समक्ष रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप