आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एप्पलको आईओएस १७ का के–के छन् विशेषता ?

सोमबार, ०१ असोज २०८०, ११ : ३५
सोमबार, ०१ असोज २०८०

न्युयोर्क । एप्प्लले आज आईओएस १७ को स्टेबल भर्सन सबैको लागि साझा गर्ने भएको छ । बेटा प्रयोगकर्ताहरूले यसलाई पहिलेदेखि नै प्रयोग गर्दै आइरहेका छन् । कम्पनीले तीन महिनाअघि एक कार्यक्रममा यसबारे जानकारी दिएको थियो ।

यसमा लाइभ भ्वाइस मेल, फेसटाइम मेसेज रेकर्ड गर्ने सुविधा, पर्सनलाइज्ड कन्ट्याक्ट पोस्टरसहित अन्य फिचरहरू पाइनेछ । यसमा हुने नेमड्रप फिचरको मद्दतले आईफोन प्रयोगकर्ताहरूले दुईवटा फोनलाई छेउमा लगेर कन्ट्याक्ट साझा गर्न सक्नेछन् । यस फिचरको मद्दतले नाम, मोबाइल नम्बर र ईमेल आईडी साझा गर्न सकिनेछ ।

त्यस्तै, लाइभ भ्वाइस मेलको फिचरबाट प्रयोगकर्ताले फोन नउठाई कल गर्ने व्यक्तिको कुरा जान्न सक्नेछन् । लाइभ भ्वाइस मेल फिचर प्रयोग गर्न पहिलोपटक यसलाई सेटिङमा गरेर इनेबल गर्नुपर्ने हुन्छ । आईओएस १७ मा स्ट्यान्डबाई मोड पनि दिइएको छ । फोन चार्जिङ गर्दा ल्यान्डस्केप मोडमा राख्दा यो फिचर आफै सुचारु हुनेछ । यसो गर्दा डिस्प्लेमा समय, मितिको साथै विजेट लगायतको साथै रिमान्डरहरु बारे जानकारी दिनेछ ।

यसै गरी यसमा पाइने कस्टमाइज्ड कन्ट्याक्ट पोस्टरको फिचरले प्रयोगकर्ताले आफ्नो कन्ट्याक्टलाई आफूले चाहेजस्तो बनाउन सक्नेछन् । त्यसमा फोटो प्रयोग गर्न नचाहे इमोजीहरू पनि प्रयोग गर्न सकिनेछ ।

आईओएस १७ मा अपडेट गरेपछि तपाईंले ‘हे सिरी’ नभनेर केवल ‘सिरी’ मात्र भनेर भ्वाइस कमान्ड सुचारु गर्न सकिनेछ । यद्यपि, एप्पलले भ्वाइस कमान्डबाट ‘हे सिरी’ भन्ने पूर्ण रूपमा हटाएको भने छैन ।

यसमा रहेको फेस टाइम कलको फिचरबाट प्रयोगकर्ताले रेकर्ड गरिएका भिडियो र अडियो मेसेज पठाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप