आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले ट्रेजरीमार्फत मंगलबार १६ अर्ब ८३ करोड आन्तरिक ऋण उठाउने

सोमबार, ०१ असोज २०८०, ११ : ५९
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले असोज २ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको कूल १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । 

बैंककाअनुसार ३ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १३ अर्ब ८३ करोड रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरिनेछ । ९१ दिने ट्रेजरीका लागि ९ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिने र ३६४ दिनेका लागि क्रमशः ४ अर्ब ३० करोड रुपैयाँ र ३ अर्ब रुपैयाँ छुट्याइएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि केन्द्रीय बैंकले भदौ ११ गते ८ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप