आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले रोकिएको बीपी साहित्य महोत्सव असोज ३ गते गर्ने

सोमबार, ०१ असोज २०८०, १३ : १४
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको  बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ। महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।  

उनका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । 

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।

अन्तिम दिनको कार्यक्रममा सहभागीका लागि राजनीतिक दल नेता,  लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम्  सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण  अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप