आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी

सोमबार, ०१ असोज २०८०, १४ : ४५
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । सुनसरीको दुहवी नगरपालिकाले विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले विद्यालयको पठनपाठनमा अवरोध पुर्‍याए शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ । 

शिक्षकले विद्यार्थीको नियमित पठनपाठनमा  बाधा पर्नेगरी विद्यालय बन्दको कार्यक्रम आयोजना गरेको सुनिएको भन्दै नगरपालिकाले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने बताएको छ । 

नगरपालिकाले बालबालिकाको सिकाइमा बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हडताल गरे कदापि स्वीकार्य नहुने बताएको छ । नगरपालिकाले नियमित विद्यालय सञ्चालनमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरेको छ । 

d

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप