आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा परेर ४ जनाको मृत्यु

सोमबार, ०१ असोज २०८०, १८ : ०१
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । छुट्टाछुट्टै जिल्लामा भएका विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको छ । सोमबार सप्तरी, सिन्धुली, बर्दिया र महोत्तरीमा भएका घटनामा परेर ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सप्तरीको राजबिराज नगरपालिका–९ मलेठमा पोखरीमा डुबेर १ बालकको मृत्यु भएको छ । 

स्थानीय श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरी कोशी गाउँपालिका–५ दुधगत बस्ने बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको पोखरीमा डुबेर  मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायणसिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यस्तै बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ७७ वर्षीय पुर्णबहादुर मगरको पनि डुबेर मृत्यु भएको छ । घरबाट करिब २ सय मिटर टाढा रहेको माछा पोखरीमा डुबेर सोमबार उनको मृत्यु भएको हो ।

यता, सिन्धुलीमा आगोले जलेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानका ३ वर्षीय छोरा मनिष मुक्तान रहेका छन् ।   शारीरिक रूपमा असक्त मनिष झुलुङेबाट भुईमा झरेर घस्रिंर्दै जाँदा चुलोमा परी जलेर मृत्यु भएको प्रहरीको भनाई छ । 

त्यस्तै महोत्तरी ३० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लोहारपट्टी नगरपालिका–९ लेउरीस्थित खेतमा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको नाम र वतन नखुलेको प्रहरीको भनाई छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप