आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साइबर सेक्यूरिटी एण्ड डिजिटल फरेन्सिक पढाउँदै आईएसएमटी

मङ्गलबार, ०२ असोज २०८०, १० : ३५
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेजले साइबर सेक्यूरिटी एण्ड डिजिटल फरेन्सिकको नयाँ कोर्स सञ्चालनमा ल्याएको छ । बेलायतको युनिभर्सिटी अफ सण्डरल्याण्डबाट सम्बन्धनप्राप्त आईएसएमटीले तीन वर्षे सो कोर्सको पढाई सुरु गर्न लागेको हो । 

बढ्दो सूचना र प्रविधिको प्रयोगबाट साइबर सुरक्षा चुनौती थपिई रहेको बेला आईएसएमटीले उक्त कोर्स ल्याएको जनाएको छ । बीएस्सी अनर्स साइबर सेक्यूरिटी एण्ड डिजिटल फरेन्सिक कोर्स ३६० क्रेडिट आवरको हुनेछ । जुनसुकै विषयबाट प्लस टु पास गरेका विद्यार्थीले उक्त कोर्स पढ्न पाउने आईएसएमटीका प्रिन्सिपल धुब्रबाबु जोशीले बताए । 

362247947_666053322233203_5110522069629217086_n

कलेजको आईटी विभागकी सिनियर फ्याकल्टी शिला पौडेलले अब कम्प्युटरको सामान्य पढाइले नपुग्ने बताइन् । ‘अब कम्प्युटिङ जेनरलको अवस्था रहेन, स्पेशलाईज आवश्यक देखियो । हाम्रो जीवन नै इन्टरनेटमा छ । हाम्रो बैंक ब्यालेन्स, व्यक्तिगत कुराहरू इन्टरनेटमा छन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा कतिपय कुराहरू सुरक्षा गर्नुपर्ने हुन्छ । कति कुराहरूलाई अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यसको लागि बृहत् क्षेत्रको लागि यो कोर्स आवश्यक देखिएको हो ।’ यो आईटीको उच्च माग भएको विषय रहेको उनको जिकिर छ । 

यो कोर्षले विद्यार्थीलाई जेनेरल कम्प्युटिङको जानकारी सँसँगै साइबर सेक्यूरिटीको बारेमा सूक्ष्म अध्ययन गर्न मद्दत पुग्ने उनको भनाई छ । 

यसमा सोसियल मान्यताहरू साईकोलोजी, कानुन लगायतका विषयमा समेत पठनपाठन गराइने उनले बताइन् । 

यो कोर्स विश्वविद्यालयले २०२२/२०२३ मा डिजाइन गरेको थियो । डिजाइन गरिएसँगै कलेजले नेपालमा पनि ल्याएको हो ।  

361668927_665460952292440_5411587540105043369_n

आईएसएमटीमा ब्रिटिस डिग्रीअन्तर्गत चारवटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । ती मध्ये बीएस्सी आईटी, बीबीए, बीएचएम र बीएस्सी साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक रहेका छन् । साइबर सेक्यूरिटी एण्ड डिजिटल फोरेन्सिक यो वर्ष पठनपाठनमा जाँदैछ । 

कलेजले तिर्न सक्ने शुल्कमा विदेशी विश्वविद्यालयबाट प्रदान हुने शिक्षा नेपालमै प्रदान गर्दै आएको छ । 

अन्तर्राष्ट्रिय स्तरको अध्ययन अध्यापन गराउने उद्देश्यसहित सन् २०११ मा काठमाडौँको तीनकुने गैरीगाउँमा आईएसएमटी कलेज खुलेको थियो । कलेजले अहिले विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत कलेजहरू सञ्चालनमा ल्याइसकेको छ । 

समाचारको शीर्षक संशोधन गरिएको गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप