आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकले आज ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

मङ्गलबार, ०२ असोज २०८०, १० : ५१
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज ४ गते जारी गर्ने गरी बैंकले छ वर्षे ‘विकास ऋणपत्र २०६८ ‘ठ’ बोलकबोल गर्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् । आवेदन भने आज दिउँसो ३ बजेभित्र गरिसक्नुपर्ने छ । 

सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब १९ करोड ४ लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ । 

आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । 

विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६/६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप