आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सय करोड कमाउने त्यो पहिलो फिल्म, धर्मेन्द्र–अमिताभलाई लागेको थियो झट्का

मङ्गलबार, ०२ असोज २०८०, ११ : २२
मङ्गलबार, ०२ असोज २०८०

सन् १९८२ सकिनै लाग्दा बलिउडमा एउटा यस्तो फिल्म रिलिज भएको थियो जसलाई धेरैले मन पराए । फिल्म भारतबाहेक विदेशमा पनि निकै चर्चित रह्यो । भारतीय बक्स अफिसमा यसले एक तरिकाले तहल्का मच्चाएको थियो । 

यहाँ हामी जुन फिल्मको कुरा गरिरहेका छौँ, त्यो फिल्म थियो ‘डिस्को डान्सर’ । यो फिल्म १७ डिसेम्बर १९८२ मा रिलिज भएको थियो । फिल्म साधारण बजेटमा बनेको थियो तर यसको कमाइले धेरैलाई चकित पारेको थियो । यो फिल्मलाई बब्बर सुभाषले निर्देशन गरेका थिए । फिल्ममा मिथुन चक्रवर्ती मुख्य भूमिकामा थिए । उनीबाहेक किम यशपाल, राजेश खन्ना, ओम पुरी, गीता सिद्धार्थ र ओम शिवपुरीले पनि शानदार अभिनय गरेका थिए । 

disco dancerयो फिल्ममा मिथुनको नृत्य र बप्पी लहरीको गीतले सबैभन्दा चर्चा बटुल्यो । फिल्मको गीत ‘आई एम अ डिस्को डान्सर’ र ‘जिमी जिमी जिमी आजा’ ले देशसहित विदेशमा पनि धेरै प्रेम पायो । यसका साथै मिथुनको शैली र नृत्यलाई धेरैले मन पराए । मिथुनको सुनौलो, चम्किलो कपडा पनि चर्चित भयो । ‘डिस्को डान्सर’ का निर्देशक बाबर शाह थिए र यसको कथा राही मासुम रजाले लेखेका थिए ।

‘डिस्को डान्सर’ सन् १९८२ को सबैभन्दा धेरै कमाउने फिल्म थियो । आइएमबीडीको रिपोर्ट अनुसार यो फिल्म १.४८ करोडमा बनेको थियो । त्यसै वर्ष अमिताभ बच्चनको ‘नमक हलाल’ र ‘सत्ते पे सत्ता’, धर्मेन्द्रको ‘सम्राट’, ‘राजपूत’ र ऋषि कपुरको ‘प्रेम रोग’ जस्ता फिल्म रिलिज भएका थिए । यद्यपि, मिथुनको यो फिल्मले सबैभन्दा धेरै कमाएको थियो । यो देखेर धर्मेन्द्र–अमिताभ चकित परेका थिए ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार यो फिल्म रिलिज भएपछि मिथुन चक्रवर्ती रुसमा पनि सनसनी बनेका थिए । रिपोर्टमा बताइए अनुसार एक पटक प्रधानमन्त्रीले आफ्नो र्‍याली रद्द गर्नुपरेको थियो किनभने मिथुन चक्रवर्ती रुस गएका थिए र र्‍यालीमा भाग लिन पर्याप्त मानिस थिएनन् किनभने मिथुन चक्रवर्तीलाई हेर्न उनीहरू सबै विमानस्थल गएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप