आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वडामा समिति गठनका लागि रास्वपाले गर्‍यो अनलाइन आह्वान

मङ्गलबार, ०२ असोज २०८०, १२ : २७
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ६ हजार पाँच सय वडामा समिति गठनका लागि आज आह्वान गरेको छ । रास्वपाले असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि अनलाइन आह्वान गरेको रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताए । 

वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । बुर्लाकोटीका अनुसार कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गरिने कार्यतालिका छ । कार्यसमितिमा चयन हुनेहरूको नामावली कात्तिक २० गते सार्वजनिक गरिने उनले जानकारी दिए ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् । 

raswapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप