आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकको अर्थतन्त्र र संविधानविपरितका बाहेक सबै माग पूरा गर्न तयार छौ : कार्यबाहक प्रधानमन्त्री खड्का

मङ्गलबार, ०२ असोज २०८०, १३ : ०२
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै खड्काले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका विषयमा छलफल र संवादको माध्यमबाट अघि बढ्न सकिने बताए।

सरकार महासंघले उठान गरेका मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरेका हुन्। सरकार मुलुकको अर्थतन्त्रले धान्न सक्ने र संविधानले शिक्षाका लागि गरेका व्यवस्थाको प्रतिकुल हुने सम्पूर्ण मागहरू सम्बोधन गर्न तयार रहेको बताए। 

'अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा छ। अहिलेको अप्ठ्यारो अवस्थामा उहाँहरूे उठान गरेका कतिपय मागहरू सम्बोधन गर्न सकिने अवस्था छैन। त्यस्तै संविधानले व्यवस्था गरेको विषयमा पनि त्यसको विपरीत जान सकिदैन। ती बाहेक सबै मागहरू संबोधन गर्न सरकार तयार छ। वार्तामा आउनुहोस' उनले भने। 

प्रधानमन्त्रीको निर्देशनमा सरकारले महासंघसँग वार्ता गर्न अघि बढेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप