आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

मङ्गलबार, ०२ असोज २०८०, १४ : ३४
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ गरेका छन् ।

दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 

वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप