आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शेखर समूहको निष्कर्ष : नेताहरुको कारबाही र निलम्बन विधान अनुसार भएन

मङ्गलबार, ०२ असोज २०८०, १६ : ४३
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले नेपाली कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । 

सो समूहको मंगलबार बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । साथै बैठकले पार्टी नेताहरुको कारबाही र निलम्बन प्रक्रिया विधान अनुसार गर्नुपर्नेमा त्यसो नभएको पनि निष्कर्ष निकालेको केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । 

नेविसंघ, तरुण दल, महिला तथा किसान संघमा जथाभाबी मनोनीत गरिएको तथा प्रदेशहरुमा मन्त्रालय फुटाएर मन्त्री थप्ने कामको समेत सो समूहले विराध गरेको छ । यी भ्रातृ

संगठनका केन्द्रीय अध्यक्षहरुले जिल्ला अध्यक्ष तोक्दा मनोमानी गरेको सो समूहको निष्कर्ष छ । क्षेत्रीय समिति, प्रदेश कार्यसमितिमा निर्वाचन हारेका मान्छेलाई केन्द्रीय समिति सदस्यमा ल्याउँदा तल्लो तहका नेता कार्यकर्तामा गलत सन्देश गएको समेत कोइराला समूहको निर्णय रहेको छ । कांग्रेसमा क्षेत्रीय सभापति हारेकी लक्ष्मी खतिवडालाई केन्द्रीय सदस्य बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप