आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार किलो चाँदीसहित एक जना पक्राउ

मङ्गलबार, ०२ असोज २०८०, २० : ४२
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । करिब चार किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार चार लाख ८० हजार बराबरको सो चाँदीसहित पर्साको वीरगन्ज महानगरपालिका ३ का ३८ राधेश्याम सुनारलाई पक्राउ गरेको हो । 

बाराका एसपी सुरेश काफ्लेका अनुसार वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको मोटरसाइकल चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको सो चाँदीसहित उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप