आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीपी साहित्य महोत्सवको अन्तिम दिनमा आज के–के हुन्छ ?

बुधबार, ०३ असोज २०८०, ०८ : २०
बुधबार, ०३ असोज २०८०

काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम आज हुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रोकिएको महोत्सवको कार्यक्रम आज हुन लागेको बताए ।

कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो । आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ । साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ ।

तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा कि नोट स्पिच, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो सेसन रहेका छन् ।

ac31ac5f-e5da-482a-b6c1-11ec5019dcab

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप