आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा गएकालाई सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ बाँडफाँट

बुधबार, ०३ असोज २०८०, १० : ३६
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सोनापुर सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि कम्पनीले साउन २९ देखि भदौ ११ गतेसम्म बिक्री खुलाइएको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले सेयर बाँडफाँट गरेको हो । आईपीओमा ३० हजार ३४८ जना आवेदकबाट १६लाख ९२ हजार ९०० कित्ताको आवेदन परेको थियो । आईपीओमा १० देखि ४० कित्ता माग गर्ने १० हजार ५९१ जनालाई माग बमोजिम पाएका छन् । 

यस्तै, ५० देखि ३ हजार कित्ता सेयर माग गर्नेलाई ४० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । यसअनुसार १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँट गरेर बाँकी रहेको सेयर ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई १० कित्ताका दरले थप सेयर वितरण गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप