आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षकहरूको आन्दोलनले काठमाडौँको यातायात अस्तव्यस्त (तस्बिरहरू)
प्रदर्शन

शिक्षकहरूको आन्दोलनले काठमाडौँको यातायात अस्तव्यस्त (तस्बिरहरू)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ।  राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् । 

राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको हो । 

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् । 

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । 

तस्बिरहरु : सुवास श्रेष्ठ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया