आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हस्तकला वस्तुको निकासीमा विद्यमान समस्या समाधानको खोजी

बुधबार, ०३ असोज २०८०, ११ : ५४
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेपाल हस्तकला महासङ्घद्वारा नेपाल बैङ्क लिमिटेडको सह आयोजनामा नेपाल सन् २०२६ पछि अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भए पछिका अवसर र चुनौतीबारे छलफल भएको छ ।  

आगामी १६औँ पञ्चवर्षीय योजनामा पनि हस्तकला क्षेत्रमा गर्न सकिने योजनाहरू पहिचान गर्ने तथा समग्र हस्तकला उद्योग व्यवसायको समस्या र यस क्षेत्रमा आगामी दिनमा गर्नु पर्ने कार्यहरूको पहिचान गर्ने उद्देश्यले मंगलबार होटेल हिमालयन कुपनडोलमा हस्तकला बस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू विषयक गोष्ठी आयोजना गरिएको हो । 

गोष्ठीमा व्यापारसँग सम्बन्धित नेपाल सरकार र निजी क्षेत्रका सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, निर्यातकर्ता तथा उद्यमी ब्यवसायीहरुको  सहभागिता रहेको थियो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको प्रमुख आतिथ्यतामा गोष्ठीमा महासङ्घका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले हाल नेपाल सरकारबाट हस्तकला उद्योग व्यवसायलाई साना, घरेलु तथा लघु उद्योगमा राखेर विभिन्न नीति नियमहरू तर्जुमा गरेकोमा हस्तकला उद्योग व्यवसायलाई छुट्टै उद्योगको रूपमा पहिचान नगरे सम्म यस क्षेत्रको समुचित विकास नहुने धारणा व्यक्त गरे । 

हस्तकला एक विशेष प्रकृतिको उद्योग भएकोले यसलाई अलग्गै नीति नियमको आवश्यकता रहेको र यस कार्यक्रमबाट आएको विभिन्न सुझावहरूलाई एकीकृत गरी एक दस्ताबेज बनाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाई सो बमोजिम नीति नियमहरू कार्यान्वयन गराउने उद्देश्यबारे उनले प्रकाश पारे ।  

हस्तकला बस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपाय विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व उपसचिव हिमाल थापाबाट गोष्ठीमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप