आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

बुधबार, ०३ असोज २०८०, १४ : ३८
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो । 

कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ । 

१० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप