आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संविधानले दिएका अधिकारको कार्यान्वयन नहुँदा जटिलता आयो : मुख्यमन्त्री चौधरी

बुधबार, ०३ असोज २०८०, १५ : २८
बुधबार, ०३ असोज २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा दाङमा प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले दिएका अधिकारहरू कार्यान्वयन नहुँदा जटिलता आइरहेको बताए । 

उनले संविधानले तोकेको अधिकार संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नचाहेको बताए । यसले संघीयता कार्यान्वयनमा समस्या रहेको उनको दाबी छ ।

संविधान कार्यान्वयनमा संघीय सरकारले बाधा पुर्‍याइरहेको भन्दै उनले संविधान अनुसार अधिकार बाँडफाँट हुनुपर्ने बताए । 

उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबै खाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताए ।  

संविधान कार्यान्वयनका विषयमा सबै निकायबीच  समन्वय र सहकार्य हुनुपर्ने उनको तर्क छ । 

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप