सदस्य सचिव घिसिङ चीन प्रस्थान
बुधबार, ०३ असोज २०८०, १९ : ४६
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन टंकलाल घिसिङ बुधबार चीनको हाङझाव प्रस्थान गरेका छन् ।
सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । हाङझाव एसियाडमा सहभागी हुन टेबल टेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ ।