आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

बुधबार, ०३ असोज २०८०, २१ : ०८
बुधबार, ०३ असोज २०८०

डडेल्धुरा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । 

कमल र २ जना १८ वर्र्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती

करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप