आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा बायर्नसँग युनाइटेड पराजित

बिहीबार, ०४ असोज २०८०, ०९ : १९
बिहीबार, ०४ असोज २०८०

एलाइन्ज एरिना । सात गोल भएको खेलमा बायर्न म्युनिखले संघर्षरत म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको समूह ए अन्तरगतको खेलमा बायर्न ४–३ गोल अन्तरले विजयी बनेको हो ।

बायर्नले खेलको २८ औँ मिनेटमा गोलकिपर आन्द्रे ओनानाको गल्तीको फाइदा उठाउँदै लिरोय सानेको गोलको मद्दतले अग्रता लिएको थियो । ३२ औँ मिनेटमा सर्जी ग्नाब्रीले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमा नै रासमस होजलान्डले युनाइटेडका लागि एक गोल फर्काए । तर, लगत्तै बायर्नले पेनाल्टी पायो जसलाई ह्यारी केनले सजिलै गोलमा परिणत गरे । ८८ औँ मिनेटमा कासिमेरोले युनाइटेडका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

यद्यपि, इन्जुरी समयमा म्याथयेस टेलले बायर्नका लागि चौथो गोल गरे । त्यसलगत्तै ब्रुनो फर्नान्डेजले गोल गरे पनि युनाइटेडलाई खेलमा फर्कन ढिला भइसकेको थियो ।

समूह कै अन्य खेलमा गालातासारे र एफसी कोपनहेगनले गोलरहित बराबरी खेले । पहिलो चरणको खेलपछि बायर्न ३ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप