आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभ्यासका क्रममा घाइते भएपछि ललित राजवंशीले एसियाली खेलकुद गुमाउने

बिहीबार, ०४ असोज २०८०, १२ : १७
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताअघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । एसियाली खेलकुद सुरु हुन एक साताभन्दा पनि कब समय बाँकी रहँदा ललित घाइते भएका हुन् । 

२४ वर्षीय बायाँ हाते स्पिनर ललित बुधबार अभ्यासका क्रममा घाइते भएका हुन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ । 

ललितले अब एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ । 

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले भने सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । 

नेपालको अन्तर्राष्ट्रिय सफलताहरूमा ललितले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । ललितले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट हो ।

यसअघि प्रकाशित समाचारमा नेपालको खेल तालिका भुलवश गलत पर्न गएकाले सच्याइएको छ । 

380975773_2094923660846274_4602349049456400432_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप