आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

बिहीबार, ०४ असोज २०८०, १४ : ४५
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् ।  उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा  भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

teacher-pradrasan-baneshwor (1)

प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन् ।  बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरी र शिक्षकहरुबीच केहीबेर धकेलाधकेल समेत भएको छ । 

महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने महासंघले जनाएको छ ।। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै देशभरका सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।  

teacher-pradrasan-baneshwor (3)teacher-pradrasan-baneshwor (4)teacher-pradrasan-baneshwor (5)teacher-pradrasan-baneshwor (6)teacher-pradrasan-baneshwor (7)teacher-pradrasan-baneshwor (8)teacher-pradrasan-baneshwor (9)teacher-pradrasan-baneshwor (10)teacher-pradrasan-baneshwor (11)teacher-pradrasan-baneshwor (12)teacher-pradrasan-baneshwor (13)teacher-pradrasan-baneshwor (14)teacher-pradrasan-baneshwor (15)teacher-pradrasan-baneshwor (16)teacher-pradrasan-baneshwor (17)teacher-pradrasan-baneshwor (18)teacher-pradrasan-baneshwor (19)teacher-pradrasan-baneshwor (20)teacher-pradrasan-baneshwor (21)teacher-pradrasan-baneshwor (22)teacher-pradrasan-baneshwor (23)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप