आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हास्य कलाकार राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पिडा

बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । हास्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा व्यक्त गरिएको छ । 

गीतमा शब्द तथा संगीत श्रमदीप चौलागाईको छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।

गीतको भिडियोमा पनि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका एक व्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने संघर्षको कथा बुनिएको छ ।  

अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमका अलवा बालकलाकारको एलेक्स खड्काको अभिनय रहेको भिडियो निकै मार्मिक बनेको छ । भिडियोमा युवराजले विदेशिने युवक, शिल्पाले युवकको श्रीमती र सुरबिरले बुबा र बालकलाकारले छोरोको भूमिका निर्वाह गरेका छन् । युवराजको यो पहिलो भिडियो हो । पहिलो भिडियोबाटै उनले अभिनयमा राम्रो सम्भावना देखाएका छन् ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईँले गरेका हुन् ।

गीतले वैदेशिक रोजगारीमा जाने व्यिक्तको पिडा व्यक्त गरेकोले सबैले मनपराउने विश्वास आफूले लिएका गायक राजा राजेन्द्र पोखरेलले बताए । ‘हामीले गीत लामो समयसँग प्राथमिकता पर्ने हिसाबले निर्माण गरेका हौ’, पोखरेलले भने, ‘गीतले आप्तमा परेका नागरिकलाई पनि झक झकाउँछ ।’

राजेन्द्रका अहिलेसम्म ४ गीत बजारमा आएका छन् । गायन पनि कलाकारिताको एउटा महत्त्वपूर्ण पाटो भएकोले आफूले अभिनयको अलवा गायन पनि गर्दै आएको पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया