आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

बिहीबार, ०४ असोज २०८०, १६ : ४०
बिहीबार, ०४ असोज २०८०

गोकुल श्रेष्ठ
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । 

उनले नेपालमा लगानीको वातावण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको शीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए । उनले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दावी समेत गरे । विदेशमा रहेका नेपालीहरुप्रतिको सोंचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एनआरएनहरु पलायन नभई विस्तारित भएको तर्क गरे ।

गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे । प्रधानमन्त्रीले भोलि संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप