आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

बिहीबार, ०४ असोज २०८०, १७ : ०२
बिहीबार, ०४ असोज २०८०

रौतहट । मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए । 

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको डिएसपी खनालले जानकारी दिए। 

घटनाबारे थपअ नसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप