आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठक भोलि फेरि बस्ने, पहिलो दिन के-के भए ?

बिहीबार, ०४ असोज २०८०, १७ : ४०
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए । 

यस्तै बैठकमा उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।  उनले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न  सरकार तयार रहेको बैठकमा बताएको पौडेलले जानकारी दिए । 

आज बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले आ–आफ्नो धारणा राखे । यस्तै  आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि आ–आफ्नो धारणा राखेको पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप