आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमितिको बैठक मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव

बिहीबार, ०४ असोज २०८०, १८ : ०४
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन् । 

पहिलो दिनको बैठकपछि बोल्दै नेता मिनबहादुर विश्वकर्माले महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताए ।  

अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको पनि नेता विश्वकर्माले बताए । उनले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेको बताए ।

कांग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप