आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अरुण–३ जलविद्युत आयोजनाको अवरोध हटाउन इप्पानको माग

बिहीबार, ०४ असोज २०८०, १९ : ३४
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अरुण–३ जलविद्युत आयोजनामा भएको अवरोधका हटाउन सरकारसँग माग गरेको छ ।

बिहीबार इप्पानका महासचिव बलराम खतिवडाले विज्ञप्ति जारी गर्दै  संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने भन्दै चिन्तित बनाएको बताएका छन् ।

इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयले स्थानीयसँग मध्यस्थता वार्ता गरेर  निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गरेको छ । 

इप्पानले भनेको छ,'विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा स्मरण गराउन चाहन्छौ । अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा कामअघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको छ ।'

अरुण ३ का सम्बन्धमा इप्पानको प्रेस विज्ञप्ती_page-0001

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप