आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

असोज १० गतेदेखि राजधानीमा फर्निचर एक्स्पो हुने, प्रवेश निःशुल्क

बिहीबार, ०४ असोज २०८०, २० : ५४
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । यहीँ असोज १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पो बारे जानकारी दिएको हो । 

‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने मुख्य नारासहित आयोजना हुने एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् । 

एक्सपो असोज १० देखि १४ गतेसम्म ४ दिन चल्ने नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले जानकारी दिएको छ । 

यस अघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भइसकेको एशोसिएशनले जनाएको छ । 

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । ‘आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ’ अध्यक्ष अग्रवालले भने । उनका अनुसार एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ । 

मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार बिस्तार चुनौतीपूर्ण भएको अग्रवालको भनाइ छ । ‘अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता एशोसिएशनलाई लागेको छ’ अग्रवालले भने, ‘एक्स्पो आयोजना हुँदै गर्दा सरकारलाई निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न एशोसिएशन आग्रह गर्दछ ।’

१०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप