आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

बिहीबार, ०४ असोज २०८०, २१ : ४५
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेकपा (एमाले) ले सो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टी पङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको जनाएका छन् ।

“सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ”, उनले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा यस्ता फेक एकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानूनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप