आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

बिहीबार, ०४ असोज २०८०, २२ : ५२
बिहीबार, ०४ असोज २०८०

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको जारी ७८ औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राखेका हुन् ।

उनले भने, “अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ ।” 

उनले अतिकम विकसित देशहरूको आर्थिक, सामाजिक, व्यापारिक रणनीतिमा सुधार गर्न अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप