आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्टार हस्पिटलले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड

शुक्रबार, ०५ असोज २०८०, ०७ : ३०
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । 

बिहीबार आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

स्टार हस्पिटल लिमिटेडले रु. ४० करोड शेयर पुँजी बराबरको रु. सय अङ्कित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरूलाई विक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पुँजी भएको यस हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार शेयर सहित रु. ८५ करोड चुक्ता पुँजी रहेको अवस्थामा यो निष्कासन सँगै केही संस्थागत लगानी कर्ताहरू, बीमा कम्पनीहरू, प्राइभेट इक्विटी कम्पनीहरू तथा निजी संस्थागत लगानीकर्ताहरू समेतको  गरी चुक्तापूँजी रु. २ अर्बभन्दा माथि हुने जानकारी गराइएको छ । 

यस थप पुँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरू सहित नयाँ उपचार सेवाका विधाहरू  विस्तार गर्ने योजना रहेको अस्पतालले जानकारी दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप