आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट निर्देशक सुमनले ल्याए ‘तिमीलाई छाडी’

शुक्रबार, ०५ असोज २०८०, ०९ : ४२
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । विगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई छाडी...’को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट् क्रियसन युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

यो आधुनिक गीतलाई प्रमोद खरेलले गाएका हुन् । जसमा टिका भण्डारीको सङ्गीत छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले गीतका शब्द कोरेका हुन् ।

निर्देशक सुमन दाहालले यो गीतको छायाङ्कन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल सहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृश्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तरता दिँदै आएका छन् ।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरूको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेस्रो र  निश्माको यो दोस्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै...र यो जीवन मिठो...गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टिएर...गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।

भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, पवन गौतमको छायाङ्कन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप