आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

आन्दोलनका लागि थप शिक्षकहरू काठमाडौँ आउँदै

शुक्रबार, ०५ असोज २०८०, ११ : ३६
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । आन्दोलनका लागि थप शिक्षक कर्मचारीहरू काठमाडौं आउन थालेका छन् । विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको नेपाल शिक्षक महासंघले जनाएको छ । 

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । हजारौंको संख्यामा आन्दोलन गर्दै आएका छन् । ७७ वटै जिल्लाबाट थप शिक्षक कर्मचारी आउने क्रम जारी रहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । 

आन्दोलन अवधिभर १ लाख ५० हजार शिक्षक काठमाडौंमा उतार्ने महासंघको लक्ष्य छ । हालसम्म ७० हजारको हाराहारीमा शिक्षक कर्मचारीहरूमा आन्दोलनमा रहेको महासंघले दाबी गरेको छ । अझै विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारीहरूले आउने क्रम जारी रहेको सुवेदीले बताए । 

सरकारले विगतमा आफुहरूसँग पटक पटक सहमति गरेको तर, अहिले विधेयक ल्याउने बेला सहमतिलाई बेवास्था गरेको आरोप छ । आफ्नो पेशागत रक्षाका लागि आफुहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप