आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ तिलक सिंह पेलाको नयाँ गीत ‘देउसरा आइगै’

शुक्रबार, ०५ असोज २०८०, ११ : ५२
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । ‘के लत बस्यो...’ केही समय अगाडि सार्वजनिक चर्चित गजल हो । गीतमा गायक तिलक सिंह पेलाको स्वर छ । 

यो गजल गीत फरक शैलीमा गाएको कारण चौतर्फी चर्चा कमाउन सफल गायक पेलाको नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक भएको छ । हेमन्त विवसको शब्द रहेको लोकशैलीमा तयार डोटेली गीतमा सङ्गीत तथा स्वर तिलक सिंह पेलाकै छ ।

रिदम कँडेलको एरेन्ज रहेको गीतको भिडियो समेत बनेको छ । जसमा देबु सिंह वोहरा, योगिता दाहाल र जनक महराको अभिनय देख्न सकिन्छ । देबु सिंह वोराको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ ।

सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । ‘के लत बस्यो...’ अगाडी पनि उनले केही गीत ल्याएका थिए । तर उनी त्यति चर्चामा थिएनन् । ‘के लत बस्यो...’ पछि भने उनी सबैतिर चिनिन सफल भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप