आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याउनुपर्छ : सांसद बराल

शुक्रबार, ०५ असोज २०८०, १४ : ३७
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरुको अध्ययन जरुरी रहेको बताएकी छन् । 

शुक्रकार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । उनले बढी नेपालीहरु रहेको देशमा रहेका नेपाली दूतावासहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गरिन् । उनले सम्बन्धित देशमा नेपालीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् ।

सांसद बरालले विदेशस्थित दूतावासहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुको सेवालाई सहज बनाउनुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप