आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी, एक जना पक्राउ

शुक्रबार, ०५ असोज २०८०, १६ : ०२
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले डोटीको शिखर नगरपालिका–२ घर भई हाल काठमाडौँमा बस्दै आएका ३२ वर्षीय धन बहादुर बोगटीलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै कृष्ण बहादुर बोगटीबाट तीन लाख लिएर फरार रहेका थिए । प्रहरीले धन बहादुर बोगटीलाई काठमाडौँको सेतो सेतोपुललबाट पक्राउ गरेको जनाएको छ । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप