आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता

शुक्रबार, ०५ असोज २०८०, १८ : ०३
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।   शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् । 

सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइन् । 

‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो । संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, उनले भनिन्, 'सहमतिसँगै भोलिदेखि नै आन्दोलन फिर्ता हुन्छ ।'  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप