आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यवसाय मात्र नहेरी बीमाको गुणस्तरमा ध्यान दिन अध्यक्ष सिलवालको निर्देशन

शुक्रबार, ०५ असोज २०८०, १७ : ५८
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जबाफदेही भएर काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार बीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैअध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

‘व्यावसायिक लक्ष्य र उद्देश्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ । कानुन, नियम, निर्देशिका र निर्देशनहरूपूर्णरुपमा पालना गर्नुपर्छ । कानुन, नियम, निर्देशिका विपरीत कार्य गरेमा अबको कारबाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला’ अध्यक्ष सिलवालले बीमा कम्पनीका प्रमुखहरुलाई निर्देशन दिए ।

यस्तै बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै यस्तो उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।

कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तुर बढी भएको, लघूबीमामा नयाँ बीमालेखको अभाव देखिएको लगायतका गुनासा राखेका छन् । 

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको सिस्टम निर्माणको क्रममा रहेको जानकारी दिँदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न निर्देशन समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप