आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सर्वश्रेष्ठ फिल्म’को विधा हटाएको सम्बन्धमा अदालतबाट कारण देखाऊ आदेश

शुक्रबार, ०५ असोज २०८०, १८ : ३०
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कारमा ‘सर्वश्रेष्ठ फिल्म’ विधा लुकाइएको विषयमा दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले विपक्षी चलचित्र विकास बोर्डलाई सर्वश्रेष्ठ फिल्मको विधा हटाउनुको कारण माग गरेको हो । 

इजलासले अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र झिकाउन समेतको विपक्षीको नाममा आदेश दिएको अदालतका सूचना अधिकृत अर्जुन आचार्यले बताए ।

पुरस्कार आयोजक संस्था चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले बिहीबार रिट दायर गरेका थिए । 

राष्ट्रपति कार्यालय शीतल निवासमा गत भदौ १२ मा वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधाको पुरस्कार मात्रै बाँडिएको थियो ।

राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा भने अवार्ड जितेको थियो । कार्यक्रममा उत्कृष्ट फिल्म अवार्ड वितरण नभएपछि ‘प्रकाश’ फिल्मका अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग भेट गरेका थिए । उक्त भेटमा मन्त्री शर्माले खड्कालाई अवार्ड वितरणमा मन्त्रालयले कुनै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप