आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा टाटाको नयाँ सोरुम : टियागो इभी र पन्चको विक्री आरम्भ

शनिबार, ०६ असोज २०८०, ०६ : २०
शनिबार, ०६ असोज २०८०

चितवन ।  टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । 

३ हजार ५०० वर्ग फिट क्षेत्रफलमा फैलिएको एसएचमोटर्स भरतपुरको रिजालचोकमा अवस्थित रहेको छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुनेछ ।

सोही कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभीनामक दुई नयाँ गाडीहरुको विक्रि वितरण भरतपुरमा सुरु भएको छ । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।

शोरुमको उद्घाटन समारोहका बीच बोल्दै सावन्तजङ्ग सिजापतिले भने, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएचमोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौँ ।”

123

एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देशक सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाउँदा आफू खुसी भएको बताइन् ।

टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभर” रेञ्ज अन्तर्गतको पन्चमा मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेकाे छ । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

यी दुई गाडीहरूले चितवनका ग्राहकहरुको मन र मस्तिष्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकृत विक्रेता सिप्रदीले विश्वास लिएको छ ।

1O6A8103

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप