आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खगोल यात्रा

चन्द्रयान : ईसरोले भन्यो प्रज्ञान र विक्रमबाट कुनै सङ्केत आएको छैन

शनिबार, ०६ असोज २०८०, ०६ : ५३
शनिबार, ०६ असोज २०८०

नयाँ दिल्ली । भारतले २२ सेप्टेम्बरको सूर्योदयको उत्सुकताका साथ पर्खिरहेको थियो। तर यो सूर्योदय पृथ्वीमा नभई चन्द्रमामा हुनुपर्ने थियो ।

ईसरोले शुक्रबार विक्रम ल्यान्डर र प्रज्ञान रोभरलाई उठाउने प्रयास गर्ने भनेको थियो तर उसले अब यो प्रयास शनिबार पुन: गरिने बताइयो। ईसरोका स्पेस एप्लिकेसन सेन्टरका निर्देशक नीलेश देसाईले भने, ‘पहिले हामी आज अर्थात् सेप्टेम्बर २२ मा प्रज्ञान र विक्रमलाई सक्रिय गर्ने भनेका थियौँ, तर अब केही कारणले हामी यसलाई भोलि अर्थात् शनिबार प्रयास गर्नेछौँ।’

यसपछि शुक्रबार साँझ ईसरोले एक्समा एक विज्ञप्ति जारी गर्‍यो।  विज्ञप्तिमा भनिएको थियो, ‘विक्रम र प्रज्ञानसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिएको छ। अहिलेसम्म हामीले यी दुईबाट कुनै सङ्केत प्राप्त गरेका छैनौँ। उनीहरूलाई सम्पर्क गर्ने प्रयास जारी रहनेछ।’

चन्द्रमामा विक्रम ल्यान्डर र प्रज्ञान रोभरको आयु मात्र १४ दिनको छ । चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ।  अगस्ट २३ मा चन्द्रमामा एक दिन सुरु भयो। यसै कारण इसरोले आफ्नो ल्यान्डर विक्रमलाई त्यहाँ अवतरण गरेको थियो । इसरोले सेप्टेम्बर ४ मा चन्द्रमामा दिनको अन्त्य हुनुअघि ल्यान्डर र रोभरलाई स्लिपिङ मोडमा राखेको थियो।

ल्यान्डर विक्रम र रोभर प्रज्ञानलाई काम गर्न बिजुली चाहिन्छ। दुवैले चन्द्रमामा सूर्य उदाउँदा मात्रै सोलार प्यानलबाट बिजुली लिन सक्छन्। तर रात परेकोले बिजुली पाएका छैनन् । 

राति चन्द्रमाको तापक्रममा ठूलो गिरावट आएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार राति चन्द्रमाको तापक्रम माइनस १३० डिग्रीमा झर्छ । केही क्षेत्रमा यो -२५३ डिग्री पुग्छ। यस्तो कम तापक्रममा रोभर र ल्यान्डर दुवै जम्छन्। चन्द्रमामा सूर्य नउदाउञ्जेल तिनीहरू यसरी नै रहनेछन्। शुक्रबार घाम लागेपनि ल्यान्डर र रोभर सक्रिय हुन सकेका छैनन् । यो सजिलो काम पनि होइन ।

ईसरो प्रमुख सोमनाथले यस सम्बन्धमा मिडियासँग कुराकानी पनि गरेका थिए। उनले भनेका थिए, ‘रातमा चन्द्रमाको तापक्रम माइनस २०० डिग्री सेल्सियसमा झर्छ। यस्तो कठोर वातावरणमा ब्याट्री र इलेक्ट्रोनिक उपकरणहरू बिग्रन सक्छन्। तर हामीले केही परीक्षणहरू गरेका छौँ। त्यसकारण, हामी आशा गर्छौँ कि विक्रम र प्रज्ञान कठोर मौसमको अवस्थाबाट बच्न सक्छन्। तिनीहरू फेरि काममा फर्किन सक्छन् ।’ 

ईसरोले चन्द्रमामा स्लीप मोडमा रहेको रोभरलाई सक्रिय गर्ने प्रयास गरिरहेको छ। I ईसरोले आफ्नो ब्याट्री पनि फुल चार्ज भएको बताएको छ । ल्यान्डर र रोभरका रिसिभरहरू पनि सक्रिय छन्।

यदि ल्यान्डर र रोभर इसरोको योजनाअनुसार सक्रिय भएमा उनीहरूले पहिले जस्तै चन्द्रमाबाट थप जानकारी सङ्कलन गर्नेछन्। तिनीहरूले यो जानकारी पृथ्वीमा पठाउनेछन्। यदि त्यसो भएन भने उनी त्यहाँ भारतको राजदूतको रूपमा रहने इसरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप