आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अल्का याग्निक र अभिजित भट्टाचार्यको स्वारमा नेपाली गीत

शनिबार, ०६ असोज २०८०

बलिउडकी सुप्रसिद्ध गायिका अल्का याग्निकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ । बलिउड र हिन्दी चलचित्रमा हजारौँ हित गीत गाएकी उनले नेपाली गीत गाएको भने यो पहिलो पटक हो।

भारतकै अरू धेरै लोकप्रिय गायक गायिकाले भने नेपाली साङ्गीतिक क्षेत्र अनि चलचित्रका लागि धेरै गीतहरू गाइसकेका छन्। उनले यस गीत भारतकै अर्का सुप्रसिद्ध गायक अभिजित भट्टाचार्यसँग गाएकी हुन्। भट्टाचार्यले स्व अभिनेता श्री कृष्ण श्रेष्ठको चलचित्र कोहिनुरमा पार्श्व गायन गरेपछि गाएको यो अर्को नेपाली गीत हो। सो गीत रिभाइभ एल्बममा समावेश छ।

एबी ड्रिम्स क्रिएसन नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मणि शर्मा रिजालको शब्द रचना र क्रिश रिजालको संगीत रहेको छ । भारतको मुम्बईमा अवस्थित एबी स्टुडियो एण्ड साना स्टुडियोमा सो गीत रेकर्ड भएको हो। उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र लचु शर्माको अभिनय रहेको छ। त्यसैगरी सुरेन्द्रमन सिंहले छायाङ्कन तथा सम्पादन र विशाल गुरुङले निर्देशन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया