आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

हाङझोउमा एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन, तस्बिरहरु

शनिबार, ०६ असोज २०८०, २१ : ४७
शनिबार, ०६ असोज २०८०

हाङझोउ, । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

asiali-khelkud (1)

सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका छन् । चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य स्वागत गरेका छन् ।

asiali-khelkud (2)

सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएपछि असदले पहिलो पटक चीन भ्रमणमा आएका हुन् । कार्यक्रममा कम्बोडिया, कुवेत, नेपाललगायत देशका नेताको उपस्थिति रहेको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक पनि सहभागी भएका छन् ।

asiali-khelkud (3)asiali-khelkud (4)asiali-khelkud (5)asiali-khelkud (6)asiali-khelkud (7)asiali-khelkud (8)asiali-khelkud (9)asiali-khelkud (10)asiali-khelkud (11)asiali-khelkud (12)asiali-khelkud (13)asiali-khelkud (14)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप