आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

आइतबार, ०७ असोज २०८०, ११ : १२
आइतबार, ०७ असोज २०८०

भारत । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिनायताकै न्युन बिन्दुमा झरेको छ । 

सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो । दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप